किन पर्यो टाइगर श्राेफ र दिशा पटानीवि’रूद्ध प्रहरीमा उ’जुरी ?

बलिउड अभिनेता टाइगर श्राेफ र अभिनेत्री दिशा पटानीवि’रूद्ध मुम्बई प्रहरीले प्रथम सूचना रिपोर्ट (एफआईआर) दर्ता गरेको छ। कोरोना महामारीको समयमा सरकारी नि’यम उ’ल्लंघन गरेको आरोपमा उनीहरू वि’रूद्ध मुम्बई प्रहरीले उ’जुरी दर्ता गरेको समाचार एजेन्सी एएनआईले जनाएको छ।

मुम्बईमा को’रोना संक्रमणको संख्या भ’यावह भएसँगै पूर्ण बन्दाबन्दी गरिएको छ। दिउँसो दुई बजेपछि बिना अनुमति हिँ’ड्डुल गर्न प्र’तिबन्ध गरेको मुम्बई प्रहरीका एक अधिकारीले बताए। तर, अभिनेता टाइगर र अभिनेत्री दिशा बेलुकीपख बा’न्द्रा बसपार्क नजिकै डुल्दै गर्दा प्रहरीले भेटेपछि उनीहरू का’नूनको फ’न्दामा परेका हुन्।

ब’न्दाबन्दीको समयमा घुमफिर गर्न सडकमा उ’त्रिएका उनीहरूले प्रहरी सोधखोजका क्रममा सरकारी नियम उ’ल्लंघन गर्नुको कुनै पनि कारण ब’ताउन सकेनन्। मुम्बई प्रहरीका अनुसार टाइगर र दिशावि’रूद्ध भारतीय दण्ड संहिताको धारा- १८८ अन्तर्गत उ’जुरी दर्ता गरिएको छ।

महाराष्ट्र सरकारले जा’री गरेको नि’र्देशनमा राज्यभर आवश्यक पसल बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म मात्रै खोल्न अनुमति दिएको छ। राज्यमा जूनको अन्तिमसम्म ब’न्दाबन्दी गर्ने निर्णय भएको छ।