सागमा भाग लिन आएका ७ जना श्रीलंकन खेलाडीलाई डें गु सं क्रमण

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा भाग लिन आएका ७ जना श्रीलंकन खेलाडीलाई डेंगु संक्रमण देखिएको छ । डेङगु संक्रमण देखिएका खेलाडीहरुलाई ब्लुक्रस अस्पताल त्रिपूरेश्वरमा भर्ना गरेर उपचार गरिएको छ ।

संक्रमण भएका खेलाडीहरुमध्ये एक जनालाई आईसीयूमै राखेर उपचार गरिएको अस्पतालका व्यवस्थापकीय सचिव रजत श्रेष्ठले न्यूज २४ लाई जानकारी दिए ।

उनीहरु नेपाल आएको तीन–चार दिनमै संक्रमण देखिन थालेकाले डेंगु संक्रमण उनीहरु कै देशमा भएको साग मेडिकल टिमका संयोजक डा.अजय राणाले बताए ।

त्यसोत, सागमा सहभागी हुन आएका अन्य देशका खेलाडीहरु पनि बिरामी भएका छन् । सागको दौरान हाल सम्म २६ जना खेलाडीले ब्लुक्रस अस्पतालमा भर्ना भएरै उपचार गराएका छन् ।

नेपाली खेलाडीहरुलाई भने खेलको दौरान चोटपटक बाहेक अन्य कुनै संक्रमण नदेखिएको साग मेडिकल टिमले जनाएको छ ।-रिया भण्डारी/न्यूज२४

Be the first to comment

Leave a Reply

Your email address will not be published.