सलाम सन्ताेषलाई ! जसले त्रिशुलीमा हा’म फालेकी युवतीलाई ब’चाए !

काठमान्डौ : त्रिशूली र मर्स्याङ्दी उ’च्चाटलाग्दो सुुसाइ रहेका थिए । पारि मुग्लिनतिर दोहोरीलत्तो सवारी थिए । वारि तनहुँ जाने बाटोतिर पनि सवारी र यात्रुको चाप उस्तै । तनहुँ जाने बाटोसँगै जोडिएको पुराना फ्रेस फिस रेस्टुरेन्टमा ग्राहक को घु’इँचो थियो । अघिपछि पनि पाइला राख्ने ठाउँ हुँदैन । आज त झन् आइतबार ! कतै कुनै टेबुल खाली थिएनन् ।

भर्खरै सञ्चालनमा आएको मुग्लिन दोभानको पुलमाथि स्वेटर र पाइन्ट लगाएकी अन्दाजी वर्ष २० की युवती देखिइन् । बाटो बि’राएजस्तो धेरैबेर यताउति गरिरहिन। उनका पदचाप विलकुल शून्य थिए । केही बेर टोलाएपछि उनले झोलामा रहेको मोबाइल निकालिन् । कानमा लगाउँदै केहीबेर कुराकानी गरिन् । उनले के कुरा गरिन् त्यो सुन्ने सा’क्षी भने जोसँग कुरा गरिन् उनै बाहेक कसैले सुनेन ।

करिब पाँच मिनेट यस्तै दृश्य दोहोरिरह्यो, टाढैबाट यो दृश्य नियाली रहेका पत्रकार दिलादत्त पन्त भन्छन् । नजिकै रेस्टुरेन्टमा त्रिशूलीका माछाको स्वाद चाखि रहेकाहरूले युवतीका क्रियाकलापको खासै वास्ता गरेनन् । वास्ता गर्ने कुरा पनि आएन । सबै आ–आफ्नै धून र धन्दामा थिए ।रेन्टुरेन्टमा काम गर्ने सुमन कुमालले युवतीको हाउभाउ नदेखेका होइनन् तर, ‘‘होला कुनै काम’’ भन्दै ग्राहकको सेवामा लागे ।

उनका साथी सन्तोष गुरुङ बेलिबिस्तार लगाउँछन्, “सुमन अर्को टेबलमा पुगेका पनि थिएनन्, मुग्लिनको नयाँ पुलबाट युवती एकाएक हा’म फा’लिन् । फूलको थुङ्गा झैं ती युवती सीधै नी’ल–भँ’गालामा ख’सिन् !”अघिदेखि युवतीको र’हस्यम हाउभाउको दर्शक बनिरहेका सुमनका खुट्टा लु’लिए । मुटु ब’रफको ढिक्का बन्यो । एकछिन त के गरौं, कसो गरौंको भावमा मू’र्तिवत् भए ।

केही क्षणको स’न्नाटा चिर्दै उनले सन्तोषलाई भने, “पुलबाट केटी हा’म फा’ली ! लौन ब’चाऊँ! हे राम !”केटी हा’म फा’लेको थाहा पाउना साथ रेस्टुरेन्टमा खाना खाइ रहेकाहरू जुठै हात लिएर बरन्डामा आए । कति सडकतिर दौडिए । कति चप्पलै नलगाई पुलमै पुग्न भ्याए । तर, आँखै अगाडि हावामा कावा खाँदै नदीको मझधारमा परेकी युवतीको उद्धार गर्ने आँट कसैमा आएन ।

अलि पर्तिर यी सबै दृष्यको साक्षी बसि रहेका पन्तको पनि हात पुर्पु’रामा पुग्यो । आँखै अगाडि युवती त्रिशूलीमा हा’म फा’ल्दा पनि केही गर्न नसक्दा ग्ला’नीले गाँ’ज्यो । धेरैबेर चु’कचुकाए पनि ।अ’ताल्लिएका रेस्टुरेन्ट सञ्चालकले धन्न मोबाइल फे’ला पारेछन् । लक समेत नखोली सुरुमै १०० मा डायल गरे । “हेलो.. ! यहाँ मुग्लिन पुलबाट मान्छे हा’म फा’ल्यो । ब’चाउन आउनुपर्‍यो !,”

सुरज गुरुङ त्यतिबेलाको क्ष’ण सम्झिँदै भन्छन् ।मैले मोबाइलतिर हात लम्काउन भ्याउँदा नभ्याउँदै रेन्टुरेन्टमा टेबलटेबलमा खाना पुर्‍याइ रहेका सन्तोष त्रिशूली किनार तिर सोझि इसकेका थिए । गोताखोर जसरी लुगा पनि न’फुकाली झ्वा’म्मै त्रिशूलीमा हा’म फा’ले चिसोको प’र्वाह नगरी । मर्स्याङ्दी र त्रिशूलीको दोभान । वरिपरि मानिसको चि’च्याहट । खोलाको बि’रक्त लाग्दो सु’साई ।

हतारमा उनले दिशा लिनै भ्या’एनन् । आँखा चि’म्लिएर बाँकटे हाने । संयोग भनौं युवतीको हात फे’ला पर्‍यो । उनले भएभरको बल खिचे । युवतीलाई च्या’प्पै स’मातेर किनारतिर ताने । यति गर्दा नगर्दै दश मिनेट बितिसकेको थियो । नेपाल प्रहरी आइपुग्यो । तर, उनीहरू पनि के गरौं ? कसो गरौं ? को भावमा अ’लमलिएकै थिए ।सडक, नदीको किनारमा रमिते चु’कचुकाइरहेका थिए, “हेर कसको छोरी हो ?

कहाँ कि हुन् ? यहाँ आएर… के देख्नु पर्‍यो नि ! शिव शिव… !”यतिञ्जेलमा सन्तोषले युवतीलाई किनारमा ल्याइसकेका थिए । प्रहरी पनि त्यहीं पुग्यो । युवतीलाई किनारमा त ल्याए तर उनले आँखा खोलिनन् । पाथी–बाह्रमाना पानी खाइसकेकी हुँदिहुन् । पेट डम्म फु’लिसकेको थियो ।सन्तोषले जानेको सी’प प्रयोग गरे । यस्तो अवस्थामा के गर्नुपर्छ सोच्नै, ग’म्नै परेन । धादिङ घर भएका सन्तोष बालखैदेखि अ’भ्यस्त थिए ।

उनले तुरुन्तै युवतीलाई उँ’धो मु’न्टो लगाए । पेट हल्का थिचेर मुखबाट पानी निकाले । घा’यल युवतीको हातमाथि आफ्नो हात राखेर घो’टे। पाँच मिनेटपछि युवतीले आँखा खो’लिन् । सा’स फेर्न थालिन् ।प्’राण ब’च्यो। सन्तोषले ठूलो सास फेरे ।राज… तिमीले गर्दा…युवतीले आँखा उ’घार्नेबित्तिकै बोलेकाे शब्द थियाे, राज । तर, ती राज को थिए ? कहाँका राज हुन् ? राज र ती युवतीबीच के नाता–सम्बन्ध पर्थ्यो ? थाहा भएन ।

बरु युवतीलाई पूर्ण हो’समा ल्याउने यत्नमा प्रहरीले साथ दियो ।युवती बोल्न सक्ने भइन् । आँखाले इशारा गर्दै भनिन्– “भाइ मेरो ब्याग खोलैमा छु’ट्यो, ल्या’इदेऊ न !”म’र्न भनेर खो लामा हा’म फा’लेको मान्छेलाई झोलाको चिन्ता ! अचम्म…। आ’श्चर्यमा परि रहने सुविधा थिएन । एकातिर युवती जीवन र म’रणको दो’साँधमा छिन् । अर्कोतिर उनी झोला ल्याइदिन अ’नुनय गरिरहेकी छन् ।

जाडाले क’ठ्यांग्रिएको शरीर लिएर सन्तोष पुनः नदीको भँ’गालामा हे’लिए । यसपटक उनी भुमरीतिर सो’झिएछन् । झण्डै त्रिशूलीको माछाको आ’हारा बनेनन् । पौडन पा’रङ्गत सन्तोषले भुमरीको पर्वाह गरेनन् । नदीमा डु’बुल्की मार्दै मूल प्रवाहतिर सो’झिए । पर झोला तैरिरहेको रहेछ ! सायद यसलाई पनि युवतीलाई छा’ड्न मन नहुँदो हो ।“यी लिनुहोस् झोला..!” उनले युवतीको हातमा झोला थ’माइदिए ।

सन्तोष जीवन ब’चाएको क्ष’ण स’म्झन्छन्, “झोला पाएपछि युवतीको आँखाबाट धेरै आँसु ब’ग्यो । यति धेरै आँसु बग्यो कि मैले धेरैबेर उनको आँखामा हेर्न सकिनँ । रुँदैरुँदै उनले राजको नाम लिइरहिन् ।”क्षणभरमै उनले नदीमा हा’म न’फालेको भए ती युवती को ला’श त्रिशूलीको किनारमा तैरिरहेको हुन्थ्यो अथवा बालुवाले छोपी सकेको हुन्थ्यो । प्रहरी मु’चुल्का तयार पार्नतिर व्य’स्त हुन्थ्यो ।

तर, सन्तोष उनका लागि भगवान् सावित भए । उनले आफ्नो ज्यान त्रिशूलीको जिम्मामा छा’डि दिए । आफू युवतीको ज्या’न ब’चाउन उ’द्धत भए ।सन्तोषले जीवन र’क्षा गरिदिएपछि युवती कृ’तज्ञ देखिइन् । उनको आँखामा जी’वन बोधको छाया सलबलायो । “कि मलाई मर्न दिनुस्, कि मलाई अस्पताल लानूस्,” युवतीको अनुहारको आवेगको ज्वाला बल्ल निभ्यो । आफ्नो ज्यानको खुबै माया लागेर आएछ सायद ।

अस्पताल लैजान अनुरोध गर्न थालिन् । छातीमा असह्य पीडा भएझैं गरिन् । भर्खरै मृत्युको दहमा डुबुल्की मारेकाले पनि युवतीको अनुहार कहालिन थाल्यो । युवतीको हातगोडा पानीले ढाडिसकेका थिए ।लुगाफाटो सबै भिजेकाले लगलगी काँपिरहेकी थिइन। रेस्टुरेन्ट सञ्चालकले लुगाफाटो ल्याएर लगाइदिए । रेस्टुरेन्ट सञ्चालकको मानवता र करुणा देखेर रमितेहरूका आँखा सीमसारजस्ता देखिए ।

प्रहरी पनि चित खाए। त्रिशूली र मस्र्याङ्दीको जोर सुसेली मानताको साक्षी बसिरह्यो ।युवतीको अनुरोध अगावै प्रहरीले स्ट्रेचर तयार पारिसकेका थिए। एम्बुलेन्स पनि आइपुगि सकेको थियो ।क्षणिक आक्रोश–आवेगको बेग थाम्न नसकेर नदीमा हाल फालेकी र मु’त्यु को भेलमा डुबुल्की मार्दै गरेकी युवती बचाउन सकेकोमा सन्तोष प्रफुल्ल देखिन्थे । प्राण हल्केलामा राखेर युवती बचाउन नदीमा हेलिएको क्षण शब्दमा समेट्दै सञ्चालक सुरज भन्छन्, “ऊ मेरो काकाको छोरा हो ।

उसको जोखिम मोल्ने साहस देखेर म निःशब्द भएको छु। नदीमा बग्दै गरेकी युवतीलाई निस्प्राण हुनबाट जोगायो। मसँग धन्यवाद दिने शब्द पनि छैन ।”यो समाचार तयार पार्दा नपार्दा एउटा शुभसमाचार सुनियो ।जीवनमा भोग्नु परेको यातना–प्रताडना सहन नसकेर कलिलै उमेरमा नदीको भेलमा मिसिन खोज्ने र आफ्नो जीवनको अन्त्य आफ्नै आवेग बनाउन खोज्ने ती युवतीलाई रेष्टुरेन्ट सञ्चालक विजय गुरुङले छोरी बनाएर बाँकी जीवन दिशानिर्देश गर्न चाहेका छन् ।

“सन्तोषले ती युवतीको प्राण बचायो । म धर्मछोरी बनाएर उनलाई जीवनका सुख–दुःखसँग परिचित गराउँछु । जीवनको बाटो देखाउँछु,” सञ्चार कर्मी दिलादत्त पन्त मार्फत् उनले भनेका छन् ।निभ्नै आँटेको दियोलाई नदीको भेलबाट जोगाएर उज्यालो छर्न खोज्ने ती मानवता र करुणाका प्रतिमूर्तिलाई हाम्रो पनि सलाम !सञ्चारकर्मी दिलादत्त पन्तको सहयोगमा/सिधाकुरा

Be the first to comment

Leave a Reply

Your email address will not be published.