बाबाको स्कुटरबाट झरेर स्कुल छिर्न लागेकी प्रकृतिले गु’माइन् दुबै खुट्टा

बाँके । कोहलपुर–१० कि प्रकृति चन्द आइतबार करिब साढे ९ बजे बुबाको स्कुटरमा बसेर त्रिभुवन माध्यमिक विद्यालय पुगिन् । स्कुटरबाट ओर्लिएर गेटतर्फ के बढ्न खोजेकी थिइन्, पछाडिबाट हु’त्तिँदै आएको ट्रकले ठ’क्कर दियो । कक्षा ७ मा अध्ययनरत चन्दको खु’ट्टामा कु’ल्चिएर ना २ ख ९४५९ नम्बरको ट्र’क अघि बढ्यो ।

सधैँझै आइतबार बिहानै उनका बुवाले भे ६ प २७४० नम्बरको स्कुटरमा राखेर प्रकृतिलाई विद्यालय पुर्‍याए। १०बज्नै लागेको थियो। विद्यालयको गेटअ गाडि प्रकृतिलाई ओरालेर उनका बुवा अघि बढे। तर प्रकृति विद्यालयको गेट पार गर्न स’किनन्। आफ्नी साथीलाई ट्रकले कि’चेको देखेका विद्यार्थी आ’क्रोशित बने। विद्यालयका विद्यार्थीहरुले ट्र’कलाई घे’रा हालिहाले ।

ट्र’कमा ढु’ङ्गा हान्न थाले, चालकलाई ल’खेटे। त्यही क्रममा प्रहरी त्यहाँ पुग्यो। प्रहरीले सं’यमता अपनाएन उल्टै विद्यार्थीलाई कु’ट्न थाल्यो । जसलाई भेट्यो उसैलाई प्रहरीले कु’टेपछि विद्यार्थी स्कुल भित्र पसे। प्रहरीले पछ्या’यो। शिक्षकले प्रहरीलाई विद्यालय हाता भित्र प्रवेश गरेर विद्यार्थीलाई नकु’ट्न आग्रह गरे। प्रहरीले कक्षाकोठा बाटै शिक्षक इन्द्र बिसी र केही विद्यार्थीलाई समेत ता’नेर लग्यो।

साथी र शिक्षक माथि प्रहरीको व्यवहार देखेर विद्यार्थी झनै एकाएक आ’क्रोशित बने। उक्त विद्यालयमा झन्डै २ हजार ५सय विद्यार्थी छन्। ती सबै एकैसाथ सडकमा नि’स्किए। ना’राबाजी गर्दै प्रहरी माथि जा’ईलागे। त्यही बेला बिहान कक्षा हुने प्लस टुका विद्यार्थी को पनि छुट्टी भयो। उनीहरू पनि प्र’दर्शनमा मिसिए। प्रहरीलाई उनीहरूले ढुङ्गा हान्दै ल’खेटे। प्रहरीले पनि ढुं’गा फर्कायो।

स्कुले बालबालिकालाई ढु’ङ्गा नहान्न आ’ग्रह गर्दा प्रहरीले नेपाली काँग्रेसका स्थानीय नेता कृष्ण कार्कीलाई ला’ठी प्र’हार गर्‍यो। प्रकृति अध्ययनरत विद्यालयकी प्रध्याना ध्यापकक देउका थापा प्रहरीले अनावश्यक रुपमा विद्यार्थी माथि द’मन गरेको बताउँछिन। उनले भनिन्, ‘गेटभित्र रहेका बच्चालाई पनि प्रह’रीले ता’नातान गरेको शिक्षकहरुले बताउनु भएको छ ।’

Be the first to comment

Leave a Reply

Your email address will not be published.