प्रधानमन्त्रीको शपथमा ‘त्यो पर्दैन’ भनेपछि सर्वाेच्च अदालतमा परेको रिट दर्ता

प्रधानमन्त्री केपी शर्मा ओलीले शपथका क्रममा ‘प्रतिक्षा गर्छु’ नभनेर ‘त्यो पर्दैन’ भनेपछि सर्वाेच्च अदालतमा परेको रिट दर्ता भएको छ ।
रिटमा रितपूर्वक पुनः शपथ गराउनुपर्ने माग गरिएको छ ।

रिट सोमवार दर्ता भएर मंगलवारका लागि पेशी तोकिएको रिट निवेदक मध्येका एक अधिवक्ता लोकेन्द्र वलीले लोकान्तरलाई जानकारी दिए ।

वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली, अधिवक्ता केशरजंग केसी र लोकेन्द्र ओलीले आइतवार सर्वोच्चमा रिट दर्ताका लागि निवेदन दिएका थिए ।

रिट निवेदनमा उल्लेख छ, ‘नेपालको संविधानको धारा ८० बमोजिम प्रधानमन्त्रीबाट मिति २०७८/१/३१ मा भएको शपथ उत्प्रेषणको आदेशले बदर गरी पुनः दोस्रोपटक शपथ ग्रहण गर्नू र गराउनू भनी प्रधानमन्त्री र राष्ट्रपतिको नाममा परमादेशको आदेश जारी गरी पाऊँ । साथै प्रधानमन्त्री तथा मन्त्रीले लिने शपथको ढाँचा सहितको संघीय कानून अविलम्ब बनाउनू भनी विपक्षीहरूको नाममा परमादेशको समेत आदेश जारी गरी पाऊँ ।’लोकान्तर