चक्रवातको प्रभाव नेपालमा पनि पर्ने

अरब सागरमा विकसित भइ फैलिने चक्रवातको प्रभाव नेपालमा पनि पर्ने देखिएको छ । चक्रवातको प्रभावले नेपालका केहि स्थानहरुमा हावाहुरी र वर्षा हुने मौसमविद्ले पूर्वानुमान गरेका छन्।

मौसमविद् मीनकुमार अर्यालका अनुसार चक्रवातको असर नेपालमा भोलि ९सोमवार० बेलुका देखि देखिन्छ । खास गरि यसले देशको पश्चिम भूभागमा प्रभावित पार्ने उनको भनाइ रहेको छ ।

त्यसैगरी मंगलवार चक्रवातले देशैभरकै बदली गराउँने र वर्षको सम्भावना हुनसक्ने मौसमविद् अर्यालले लोकपथलाई जानकारी दिएका छन् ।

उक्त चक्रवातको नाम ‘ताउ ते’ राखिएको छ । ‘ताउ ते’ को बढी असर भारतको मुम्बई, गोवा, दक्षिण कोंकण र गुजरातमा हुने पूर्वानुमान गरिएको छ ।

चक्रवात भनेको के हो ?

मौसमविद् अर्यालका अनुसार सरल भाषमा चक्रवात भनेको सामृद्रिक आँधी हो । चक्रवातले २०० देखी ३०० सय किलोमिटर सम्मको रेडीयस बनाएर घुम्छ । यो एकदम शक्तीशाली हुन्छ ।

चक्रवात भनेको जहाँ वायुमण्डलीय चाप कम छ त्यहाँ धेरै कडा हावाहरू एक ठाउँमा जम्मा हुन्छ । तिनीहरू ठूलो घेरामा अघि बढ्छन् र आफैँ वरिपरि घुम्छन् ।

बेला–बेला आउने यस्ता चक्रवातको नाम राख्ने गरिएको छ । ताउ ते नाम म्यानमारले राखेको नाम हो ।lokpath