अविश्वासको प्रस्ताव डटेर सामना गर्छु : मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मृुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफू विरुद्ध विपक्षी दलले अविश्वासको प्रस्ताव दर्ता गरे, त्यसको डटेर सामना गर्ने बताए । मुख्यमन्त्री बनाउने र हटाउने काम प्रदेश सभाको हो भन्दै गुरुङले प्रदेश सभामा अविश्वासको प्रस्तात दर्ता भएमा डटेर सामना गर्ने बताएका हुन् ।

गण्डकी प्रदेश सभामा रहेका नेकपा एमाले बाहेकका सबै दल एकै ठाउँमा उभिएर सरकार प्रतिस्थापन गर्न एक जुट भएसँगै सरकार ढल्ने निश्चित भएपछि गुरुङले यस्तो टिप्पणी गरेका हुन्। बिहीवार उनीविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता हुँदै छ।

साथै मुख्यमन्त्री गुरुङले प्रदेश सभाको निर्वाचनमा जाँदा नै एमाले र माओवादी मिलेर चुनाव लडेको स्मरणा गर्दै उनले त्यति बेला जनतालाई वामपन्थीको नेतृत्वमा स्थिर सरकार दिने बाँचा गरेको समेत स्मरण गरे। सत्ता र स्वार्थलाई केन्द्रमा राखेर ल्याउन लागेको अविश्वासको प्रस्तावको आफ्नो दलले डटेर सामना गर्ने र त्यो प्रस्तावलाई फेल गराउन प्रयास गर्ने समेत उनले मुख्यमन्त्री गुरुङको भनाइ छ ।