कोरोना खोपको दोस्रो डोज लगाउन सूचना जारी, कहाँ–कहाँ जाने ?

कोभिड–१९ विरुद्धको खोपको पहिलो डोज लगाइसकेका व्यक्तिले दोस्रो डोज लगाउन सूचना जारी भएको छ ।
स्वास्थ्य कार्यालय काठमाडौंले सूचना जारी गर्दै वैशाख ७ देखि ११ गतेसम्म खोप लगाउन सकिने जनाइएको छ ।

सरकारले गत माघ १४ देखि फागुन १० गतेसम्म पहिलो चरणको खोप अभियान सञ्चालन गरेको थियो ।
पहिलो डोज खोप लगाएका स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसाफाइकर्मी, पत्रकार, कूटनीतिक नियोगका कूटनीतिज्ञ तथा कर्मचारी, सार्वजनिक संस्थान र बैंक तथा वित्तिय संस्थानका कर्मचारी सहितले दोस्रो डोज लगाउन पाउने सूचनामा उल्लेख छ ।

सूचनामा खोप लगाउनका लागि विभिन्न केन्द्र तोकिएका छन् । पायक पर्ने केन्द्रमा गएर खोप लगाउन स्वास्थ्य कार्यालयले सूचित गरेको छ ।लोकान्तर