म,सानघाटमा ४० घण्टासम्म आएन श,व अन्त्येष्टिको पालो

भारतका विभिन्न क्षेत्रमा कोरोना भाइरस सं,क्रमणले म,हामारीको रूप लिँदै गएपछि अस्पतालमा मात्रै होइन, म,सानघाटमा समेत पालो कुर्नुपर्ने अवस्था आएको छ ।

नयाँदिल्ली र मुम्बई जस्ता ठूला शहरमा मात्रै होइन, भारतका साना–साना शहरमा समेत कोरोना महामारीले विकराल रूप लिन थालेको छ ।

कोरोना संक्रमणबाट मृ,त्यु हुनेको संख्या बढेपछि झारखण्ड प्रदेशमा अन्त्येष्टिका लागि पालो कुर्नुपर्ने अवस्था आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

झारखण्डको हरमुस्थित मसानघाटमा आइतवार १३ कोरोना संक्रमितको श,व ल्याइएको जनाइएको छ । त्यहाँ समयमै पालो नआएपछि जिल्ला प्रशासनको निर्देशनमा श,वहरूलाई घाघरा मसानघाटमा पठाइएको थियो ।

एक कोरोना संक्रमित मृ,तकका छोरा रमेश तिर्कीले भने, ‘म ४० घण्टादेखि बुवाको दाहसंस्कारका लागि प्रतीक्षामा छु, कतैबाट पनि सहयोग पाइएको छैन । श,व ल्याएर म,सानघाटमा पुगेका एम्बुलेन्स चालक समेत हैरान छन् ।’एजेन्सी