‘पुरुष वे,श्या’ बनेपछि

भारतको बेंगलुरुमा कोभिड लकडाउनका कारण जागिर खुस्केपछि एक व्यक्ति गोप्य रूपमा पुरुष वेश्या बनेका छन् ।
उनको यो धन्धा थाहा पाएपछि पत्नीले पारपाचुकेका लागि निवेदन दिएकी छन् ।

बेंगलुरु प्रहरीको वनिता सहायवाणी अर्थात् महिलाको हेल्पलाइनले हस्तक्षेप गरेर पतिपत्नीलाई धेरैपटक परामर्श दिएको भए पनि यस जोडीले मान्दै मानेन र पारस्परिक सहमतिका आधारमा छुट्टिन लागेका छन् ।

भावेश र स्मृति (दुवैको नाम परिवर्तन) ले सन् २०१७ मा पहिलोपटक भेटेर प्रेममा परेपछि सन् २०१९ मा विवाह गरेका थिए । कोभिड आएपछि भावेशको जागिर गयो र उनी अन्य अवसरको खोजीमा लागे ।

केही महिनापछि पत्नीले अनौठो व्यवहार देख्न थालिन् किनकि पति भावेश ल्यापटप र मोबाइल फोनमा निकै व्यस्त हुन थाले । त्यसपछि उनी फुत्त हराउने र कहाँ गएको भनी पत्नीलाई नबताउने गर्न थाले ।

शंका लागेपछि नोभेम्बर महिनामा स्मृतिले आफ्नो भाइलाई भावेशको ल्यापटप खोल्न लगाइन्। ल्यापटपमा नग्न तस्वीरहरू भेटिए ।

‘उनले सिक्रेट फोल्डरमा पतिका नग्न तस्वीर र अर्धनग्न महिलाका सेल्फीहरू भेटिन् । पति त घन्टाको तीन हजारदेखि पाँच हजार भारु लिने पुरुष वेश्या पो बनेछन् र शहरमा उनका थुप्रै ग्राहक रहेछन् भन्ने पत्नीले थाहा पाइन् ।

स्मृतिले पतिलाई ल्यापटपको तस्वीरको बारेमा सोध्दा म त्यो मान्छे हैन भने ।
पछि उनले साथीहरूसँग सल्लाह गरिन् अनि मल्लेश्वरम प्रहरी चौकीमा पनि खबर गरिन् ।

पछि परामर्शदाताको उपस्थितिमा पत्नीसँग कुराकानी गर्दा पतिले आफू पैसा लिएर यौनकर्म गर्ने व्यक्ति बनेको स्वीकार गरे । आफूलाई नयाँ धन्धा मन पर्न थालेको उनले बताए ।

तर पत्नीका लागि जिगोलोको पेशा त्याग्ने उनले बताएपनि पत्नीले सम्बन्धविच्छेद नै गर्ने निर्णय लिइन् ।
यस जोडीले शहरको एक अदालतमा पारपाचुकेका लागि निवेदन दिएको छ । एजेन्सी