लौकाको पकौडा, यसरी बनाउनुस्

एजेन्सी,गर्मीमा पाइने लौका धेरैजनालाई मन पर्दैन । तर यसलाई स्वादिष्ट परिकार बनाएर खान सकिन्छ ।
यहाँ हामी तपाईंलाई लौकाको पकौडा बनाउन सिकाउँछौं । यो बनाउन सजिलो छ ।

सामग्री

पकौडाका लागि
लौका कोरेर झुरा पारेको
रातो खुर्सानीको धूलो सानो चम्चा
नून स्वादअनुसार
तेल (तार्नका लागि)

ग्रेभीका लागि
आलु एउटा (काटेको)
प्याज एक (मसिनो गरी काटेको)
धनियाको धूलो एक सानो चम्चा
जीराको धूलो आधा सानो चम्चा
लसुनका पोटी ६ वटा
अदुवाको टुक्रा सानो
हरियो खुर्सानी दुई (सानो गरी काटेको)
गोलभेंडा एक (मसिनो गरी काटेको)
जीराको गेडा आधा सानो चम्चा
गरम मसला आधा सानो चम्चा
तेल आवश्यकता अनुसार
नून स्वाद अनुसार
पानी आवश्यकता अनुसार

विधि
एउटा भाँडोमा तेल राखेर पकौडाका सामग्रीहरू राख्नुस् ।

अब गोलो आकारको पकौडा बनाउनुस् ।
अब प्यानमा तेल तताएर प्याज, खुर्सानी, लसुन र गोलभेंडा भुटेर पेस्ट बनाउनुस् ।

अर्को प्यानमा तेल तताएर पकौडा तार्नुस् ।

त्यही तेलमा आलु फ्राई गरेर जीरा हाल्नुस् ।

जीरा पड्किएपछि त्यसमा पेस्ट राखेर भुट्नुस् ।

अब बाँकी रहेका सुक्खा मसला र अलिकति पानी हाल्नुस् ।

अनि त्यसमा आलु राखेर एक मिनेट पकाउनुस् ।

अब पानी राखेर ग्रेवी उमाल्नुस् ।

त्यसमा पकौडा राखेर छोप्नुस् र पाँच मिनेट पकाउनुस् ।

त्यसमा गरम मसला राखेर आगोबाट झिक्नुस् ।

अब यसलाई थालमा राखेर रोटी, पराठा वा नानसँग पस्किन सक्नुहुन्छ ।