गायक शम्भु राईको नयाँ गीत ‘ओ साईला’ सार्वजनिक (भिडियो सहित)

मङ्सिर २२,काठमाडौं /चर्चित गायक शम्भु राईको नयाँ गीत सार्वजनिक गरिएको छ । गायक शम्भु राई र गायिका मेलिना राईको सुमधुर स्वरमा ‘ओ साईला’ बोलको गीत गएको बिहिबार सार्वजनिक गरिएको हो । हालसम्म धेरै नै गीत गाएर चर्चामा आएका शम्भु राईले नयाँ गीत ‘ओ साइली’ आफ्नै युटुयुब च्यानल मार्फत सार्वजनिक गरेका हुन् । यस गीतमा ईस्वर चाम्लीङको शब्द रहेको छ भने संगित गायक शम्भु राईले नै भरेका छन् ।

गीतलाई एरेन्ज भने नुर्बु शेर्पाले गरेका छन् । गीतको भिडियोमा अनिता घले र योगेन्द्र राईको दमदार अभिनय देख्न सकिन्छ । गीतको भिडियोलाई स्याम लिम्बुले रेर्कड गरेका छन् भने निर्देशन भने अबि लामाको रहेको छ । गीतको भिडियो सुर्य लामाले सम्पादन गरेका छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.